सिरहा। सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजा सहित एक युवक पक्राउ परेका छन् ।
धनगढीमाई नगरपालिका–९ का राजेश दासलाई मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ लगिँदै गर्दा पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा तस्करी भइरहेको सूचना पाएपछि परिचालन भएको सशस्त्र प्रहरी टोलीले आज बिहान निजलाई पक्राउ गरेको हो ।
शङ्का लागेर सुखिपुर क्षेत्रमा जाँच गर्दा उनको साथबाट १९ केजी गाँजा, चाँदीका ब्रासलेट, नगद २५ हजार रुपैयाँ र एक थान मोबाइल सेट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवकमाथि लागूऔषधसम्बन्धी मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया