काठमाडौं । नियमित गस्तीमा खटिएको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरुण चौधरी पक्राउ परेका छन्।

advertisement

त्यसैगरी, काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट चिकित्सकको सिफारिसबिना बिक्री–वितरण गर्न नपाइने विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको उर्लाबारी नगरपालिका–९ स्थित आफ्नै घरबाट बलबहादुर श्रेष्ठ पक्राउ परेका छन्। यस्तै, कैलालीको गोदावरी नगरपालिका–४ स्थित डिएन रुद्र प्लाजा होटलबाट चार जना, धनगढी उपमहानगरपालिका–१३ श्रीलंका मुक्त कमैया टोलबाट दुई जना तथा टीकापुर नगरपालिका–१ बाट थप दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही स्थानका २५ वर्षीय अशोक राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामाथि सम्बन्धित कानुन अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com