काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियमित गस्तीका क्रममा काठमाडौँ, ललितपुर, रुपन्देही, सिरहा, चितवन, नवलपरासी पूर्व, कैलाली, सुनसरी र सुर्खेतबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूको साथबाट चिकित्सकको सिफारिसमा मात्र बिक्री–वितरण गर्न पाइने नियन्त्रित औषधिहरू नोर्फिन, फेनारगन, स्पास्पेन, ट्रामाडोल, आइपिपिएल र डाइजेपामसहित खैरो हेरोइन तथा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया