काठमाडौं । सुनसरीको धरानमा धारिलो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका–१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान–१० का २८ वर्षीय जीवन भुजेल गम्भीर घाइते भएका थिए। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका उनलाई थप उपचारका लागि विराट नर्सिङ होम पुर्‍याइएको थियो, जहाँ उपचारकै क्रममा  उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

घटनामा संलग्न धरान–१९ का अर्जुन विश्वकर्मा फरार रहेकाले उनको खोजी तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com