काठमाडौं । गत भदौमा भरतपुर कारागारबाट भएको फरार घटनामा भागेका कैदीबन्दीमध्ये ९७ जना अझै सम्पर्कमा आएका छैनन्। तीमध्ये ९ जना भारतीय नागरिक रहेका छन्। कारागार कार्यालयका अनुसार फरार भएका ७३९ कैदीबन्दीमध्ये हालसम्म ६४१ जना फर्किएका छन् भने एक जनाको मृत्यु भइसकेको पुष्टि भएको छ।
कारागारका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार सम्पर्कबाहिर रहेका अधिकांश कैदी लागुऔषध र जबरजस्ती करणीका मुद्दामा सजाय भोगिरहेका थिए। कारागारले पटक–पटक सम्पर्कमा आउन आग्रह गरे पनि अटेर गर्ने र उनीहरूलाई आश्रय वा सहयोग गर्ने व्यक्तिमाथि समेत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया