काठमाडौं । काठमाडौंको मैपीमा कौडा खेल्दै जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट नेपाली रुपैयाँसहित अमेरिकी डलर र भारतीय मुद्रा बरामद गरिएको छ।
प्रहरी परिसर भद्रकालीबाट खटिएको टोलीले मंसिर ४ गते राति करिब ९ः३० बजे मैपीस्थित एक घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ९ लाख ६० हजार ५०० रुपैयाँ नेपाली नगद, ४६० अमेरिकी डलर, ५०० भारतीय रुपैयाँ र १६ थान कौडा बरामद गरिएको छ।
पक्राउ पर्नेमा निरज निरौला, बसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट र शालिग्राम वाग्ले रहेका छन्।
त्यसैगरी जयराम पाण्डे, शिव भट्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्द राज त्रिपाठी र अनिल सिलवाल पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबैमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया