काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेक नेपालको अभिन्न भूभाग भएको विषय स्पष्ट रूपमा उठाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले एक वर्षअघि सामाजिक सञ्जालमा गरेको पोस्ट साझा गर्दै प्रसाईंले भारत भ्रमणको शुभकामना दिएका हुन्। उनले नेपालको सहमतिबिना लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत र चीनबीचको सहमतिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको बताएका छन्।

सामाजिक सञ्जालमा प्रसाईंले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणको हार्दिक शुभकामना! नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनबीचको सहमतिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको छ।’

उनले लिपुलेक नेपालको अभिन्न भूभाग भएकाले नेपालको सहमतिबिना नेपाली भूमिबारे कुनै पनि निर्णय हुन नसक्ने विषय भारतलाई स्मरण गराउन प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन्।

त्यस्तै, प्रसाईंले बागडोगरा सैन्य विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न नदिन पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com