काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आइतबार बिहान प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष शपथ लिएका हुन्।
प्रदेशसभामा रहेका दलहरूबाट निर्धारित समयभित्र बहुमतको सरकार गठनका लागि दाबी नपरेपछि सबैभन्दा ठूलो दलका संसदीय दलका नेता यादव संविधानको धारा १६८ (३) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
यससँगै मधेश प्रदेशमा पहिलोपटक अल्पमतको सरकार गठन भएको छ।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया