काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको खेल क्षेत्र विकासमा नयाँ गति दिने विश्वास व्यक्त गरेका छन्। उनले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

आइतबार प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको प्रतियोगिताका अहिलेसम्म नौवटा मात्रै संस्करण हुनु दुःखद भएको बताए। अब सरकारले नियमित आयोजना र प्रतियोगिताको स्तर अभिवृद्धिमा काम गर्ने उनको भनाइ छ।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। मुख्य खेल भने मंसिर ८ गतेदेखि सुरु हुनेछन्।

प्रतियोगितामा आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारी सहभागी हुनेछन्। यसले नयाँ खेलाडीको पहिचान, खेल पूर्वाधार विकास तथा कर्णालीको भूगोल, संस्कृति र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन योगदान पुर्‍याउने प्रधानमन्त्री शाहले बताएका छन्।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com