काठमाडौं। नेपालको कोशी प्रदेशस्थित लेलेप क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। एन्ड्रोइड भूकम्प एलर्ट सिस्टमका अनुसार आज बिहान ७:१७ बजे गएको यस भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड अनुमान गरिएको छ।

कोशी प्रदेशको लेलेपबाट करिब ८ किलोमिटर टाढा केन्द्रविन्दु रहेको यो भूकम्पको धक्का नेपाल, भारत, बंगलादेश, भुटान र चीनसम्म महसुस गरिएको थियो। राजधानी काठमाडौँ उपत्यकामा समेत यसको धक्का महसुस गरिएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

बिहानै गएको भूकम्पका कारण प्रभावित क्षेत्रमा त्राहिमाम मच्चिएको थियो भने मानिसहरू घरबाहिर निस्किएका थिए। यस भूकम्पबाट भएको धनजनको यकिन विवरण भने हालसम्म प्राप्त भइसकेको छैन। आधिकारिक निकायहरूबाट यसको थप विवरण आउने क्रममा रहेको छ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com