काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्साल बिरामी भएपछि थप उपचारका लागि काठमाडौं ल्याइँदै छ।

बैतडीको दशरथचन्द नगरपालिका–४ गोठलापानीमा रहेका मन्त्री लम्साललाई ज्वरो, घाँटी दुख्ने तथा हातखुट्टामा समस्या देखिएको थियो। स्थानीय स्वास्थ्यकर्मीबाट उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं ल्याउन लागिएको हो।
आइतबार दिउँसो सुर्खेतबाट गएको नेपाली सेनाको स्काई ट्रकमार्फत उनलाई काठमाडौं ल्याइँदै छ। प्रारम्भिक रूपमा उनलाई भाइरल ज्वरो भएको बताइएको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com