काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिक र वरिष्ठ पत्रकार किशोर श्रेष्ठको घरबाट प्रहरीले जफत गरेका कम्प्युटरसहितका सञ्चार सामग्री फिर्ता गर्न आदेश दिएको छ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई रिहा गर्न परमादेश दिनुका साथै बरामद गरिएका सञ्चार सामग्री पनि फिर्ता गर्न आदेश दिएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया