काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ।

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई थानकोटबाट सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

गौतमलाई आइतबार थप परीक्षणका लागि चिकित्सकले समय दिएका थिए। तर, शनिबार बिहान स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल लगिएको हो। उनको दाहसंस्कार आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ।

२०१६ माघ ७ गते इलाममा जन्मिएका गौतम लामो समयदेखि पत्रकारिता तथा लेखन क्षेत्रमा सक्रिय थिए। उनी पछिल्लो समय थानकोटमा बस्दै आएका थिए।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com