गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका चार जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
उनका अनुसार उनी आफैँ घटनास्थलतर्फ जाँदै छन्। दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार











प्रतिक्रिया