काठमाडौं । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो ।
भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि एक दिवसीय विश्वकपको उपाधिबाट चुकेको भारत लगातार दोस्रो फाइनल गुमाउनबाट भने बचेको छ ।
भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो ।
प्रकाशित मिति: १६ असार २०८१, शनिबार
प्रतिक्रिया