काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन्।
देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै प्रधानमन्त्रीलाई तीन दलका शीर्ष नेताको बैठकमा बोलाएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । उनले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई गठबन्धन बनाएकोबारे औपचारिकरुपमा जानकारी नदिएको दाबी गरे।
प्रधानमन्त्रीसँग मंगलबार बिहानको भेटमा पनि ओलीले राष्ट्रिय सरकार बनाउने कोसिस गरेको बताएको जानकारी दिए । देउवाले बोलाएको बैठकमा ओली र दाहालबीच कुराकानी हुने पुनको भनाइ छ ।
प्रकाशित मिति: १९ असार २०८१, मंगलबार
प्रतिक्रिया