काठमाडौँ । नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन् ।
उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूसँग छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र काँग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए ।
प्रकाशित मिति: १९ असार २०८१, मंगलबार
प्रतिक्रिया