काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको मूल नेतृत्वसँग असन्तुष्ट जनाउँदै आएका महामन्त्री मुकुल ढकालले आजको केन्द्रीय समिति बैठकमा आफूले प्रस्ताव पेस गर्नै नपाएको बताएका छन्।
बैठकमा बोल्न पाउनुपर्ने, पार्टी बैठक लाइभ हुनुपर्ने मागसहित मुखमा कालो टेप लगाएर उपस्थित भएपछि आफूलाई प्रस्ताव पेस गर्न नदिएको उनको आरोप छ। मंगलबारमात्रै रास्वपाको सचिवालय बैठकले महामन्त्रीलाई ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो। तर बुधबार उनको उपस्थितिसँगैको गतिविधिले उनलाई बैठकमा प्रस्ताव पेस गर्न रोकिएको रास्वपाका नेताहरू बताउँछन्।
देशभर पार्टीको अवस्था बुझेर समीक्षा प्रतिवेदन तयार पारेको र सोही प्रतिवेदनमा आफूले आजको बैठकमा पेस गर्ने प्रस्ताव तयार पारेको ढकालको दाबी छ।
यस्ता छन् उनले प्रस्तुत गर्न नपाएको भनेको प्रस्ताव
प्रकाशित मिति: २० असार २०८१, बुधबार
प्रतिक्रिया