सुनसरी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब गठन हुने सरकार जनताको हितमा काम गरेर उदाहरणीय बन्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस इटहरीको दोस्रो नगर सम्मेलन आज उद्घाटन गर्दै थापाले वर्तमान सरकार स्पष्ट अल्पमतमा पर्दासमेत प्रधानमन्त्रीले राजीनामा दिन आलटाल गरेको बताए ।
अबको सरकार नदेखिने नसुनिने तर आफ्नो प्रशंसा आफैँले गर्ने नभई आमनागरिकले सरकार परिवर्तन पछि राम्रो काम भयो भन्ने महसुस गराउने किसिमको बन्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति: २१ असार २०८१, बिहिबार
प्रतिक्रिया