काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुको प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमालेमै बसेको भए आफूहरुको बिजोग हुने बताए।
‘विद्रोह गर्नु जायज थियो। विद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने थिए। दास भएर बस्नुपर्थ्यो। समर्पण गरेर बस्नुपर्थ्यो। हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो। हामीले देखेका छौं, कतिपय नेताहरुको के भएको छ बिजोग। त्यही बिजोग हाम्रो पनि हुने थियो। त्यस्ता चुनौतीको सामना गरेर अघि बढने आँट गर्यौं,’ उनले भने।
प्रकाशित मिति: २४ असार २०८१, आइतबार
प्रतिक्रिया