काठमाडौँ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जनाउ दिएको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ सरकारका रूपमा रहने उल्लेख गरेको छ ।

प्रचण्डले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेका थिए । उनको पक्षमा ६३ र विपक्षमा १९४ मत परेपछि उनी पदमुक्त भएका छन् । यससँगै उनी बिदाइ भए पनि अर्को सरकार नभइन्जेल संविधानको धारा ७७ को उपधारा ३ बमोजिम कामचलाउ सरकारको रूपमा रहने संवैधानिक व्यवस्था रहेको छ ।

यसैअनरुप राष्ट्रपति रामचन्द्र पौडेलले यही मन्त्रिपरिषद्ले कार्य गर्ने गरी तोकेका हुन् ।

प्रकाशित मिति: २९ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com