काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच अहिले छलफल जारी छ । काँग्रेससँग मिलेर प्रधानमन्त्री बनेको केपी ओलीले आइतबार विश्वासको मत लिँदै छन् । एमालेले काँग्रेससँग मिलेपछि तीनै दल सत्ताबाट बाहिरिएको छन् ।

काँग्रेस एमाले गठबन्धनलाई अधिकांश सबै साना दलले समर्थन गरे पनि माओवादीसहित रास्वपा र नेकपा एस विपक्षमा देखिएका छन् । तीन शीर्ष नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com