काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नयाँ आयोजना नथप्न निर्देशन दिएका छन् ।

सडक विभागले आइतबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता भएको बताए । रणनीतिक महत्वको भनिएका सडकमा समेत १५ वर्षमा १५ प्रतिशत मात्र काम भएको भन्दै उनले चालु आयोजना सम्पन्न गर्नेतर्फ लाग्न भनेका हुन् ।

‘नयाँ बाटाहरु थाल्ने काम नगरौँ’ सडक विभागले देखाएको हालका सडक आयोजनाको सूची देखाउँदै प्रधानमन्त्रीले भने, ‘अहिले चालु रहेका आयोजनाहरू सकौँ, छिटो सकौँ । जे निर्माण गर्छौ स्तरीय गरौँ ।’

उनले दुई लेन भन्दा साना सडक नबनाउन समेत निर्देशन दिएका छन् । ‘डबल लेनभन्दा सानो बाटो बनाउँदै नबनाऊँ’, उनले भने, ‘जसो तसो बाटो बनाउने होइन, बाटो र मान्छे दुबैको सुरक्षाको प्रबन्धसहित सडक बनाउनुपर्छ ।’

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com