काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको चालू कार्यकालमा आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका छन् ।

हुम्ला–काठमाडौँ सम्पर्क समन्वय समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका हुन् ।

‘कतिपयलाई लाग्ला मौका मिल्यो भने ‘प्रचण्ड’ फेरि प्रधानमन्त्री बन्न गइहाल्छ । तपाईंहरुलाई म भन्छु–अब म प्रधानमन्त्री यो कार्यकालमा हुन्न’, ‘प्रचण्ड’ले भने ।

सरकारमा जान आफूलाई अहिले हतार गर्नु नरहेको भन्दै उनले थपे, ‘२०८४ सम्म जनतामा जाने, पार्टी नै बनाउने र पार्टीलाई जिताएरै छाड्ने संकल्प मैले लिएको छु । प्रधानमन्त्री पुग्यो अहिलेलाई ।’
तर, २०८४ पछि एक नम्बर पार्टी भयो भने प्रधानमन्त्रीका लागि त्यतिबेला सोचिने उनले बताए । ‘भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेला सोचौँला’, ‘प्रचण्ड’ले भने ।

प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com