काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ३ बजे ६ वटा सवारी साधन ठक्कर खाँदा चार जना घाइते भएका छन् ।

दमौलीबाट डुम्रे जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक फेल हुँदा सात वटा सवारी साधन ठक्कर खान पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपककुमार रायले जानकारी दिए ।

रायका अनुसार बसले सोही दिशा जाँदै गरेको ग ३ ख १३९० नं. को ट्रकलाई ठक्कर दिई बस अनियन्त्रित हुँदा सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नं. को  बलेरोलाई ठक्कर दिएको थियो ।

उक्त बलेरो गाडीले सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नं. को बसलाई ठक्कर दिएको थियो । उक्त बसले ना १ च ८४३४ न।को बलेरो र उक्त बलेरोले ना २ ख ३७८९ नं. को हाइसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते हुनेहरूमा ग ३ च ८३९० नं. को बलेरो चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका–७ बस्ने वर्ष २४ को नवराज गोले, बलेरोमै  सबार हुनेहरू बागलुङको काठेखोला गाउँपालिका–५ बस्ने वर्ष ५९ को देवीलाल कँडेल र सोही ठाउँमा बस्नेहरू वर्ष ४९ की विमला कँडेल र नं. १ च ८४३४ नं. को बलेरोको सहचालक  रौतहटको गुजुरा नगरपालिका–५ बस्ने वर्ष ४६ को निरतारिख बाबु घाइते भएका छन् ।

सबै घाइतेहरूको लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचार भइरहेको छ। उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com