काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिएका हुन्।

advertisement

उनले लेखेका छन्, “हरिशयनी एकादशी, अर्थात् तुलसी रोपण गर्ने दिन। यो दिन शरीरलाई विषादीमुक्त गर्ने, मन शुद्ध बनाउने र वातावरणमा सन्तुलन कायम राख्ने प्रतीकात्मक अवसर पनि हो। कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त र सकारात्मक बनाउने परम्परागत विश्वास रहिआएको छ।”

आषाढ शुक्ल एकादशीका दिन हरिशयनी एकादशी मनाइन्छ, जसमा घरघरमा तुलसीको बिरुवा सार्ने परम्परा रहिआएको छ। प्रधानमन्त्री ओलीले यस पर्वले सम्पूर्णमा शान्ति, सुख र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com