काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक विषयमा धारणा स्पष्ट पार्न शुक्रवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार पत्रकार भेटघाट कार्यक्रम साउन ४ गते (शुक्रबार) दिउँसो ३:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा हुने छ।
प्रवक्ता झाका अनुसार कार्यक्रममा संसद् बहिष्कार, हस्ताक्षर अभियान, समसामयिक राजनीतिक घटनाक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी कार्यविधिबारे विस्तृत जानकारी दिइनेछ।
पार्टी नेतृत्वले हालका राजनीतिक परिस्थितिका सन्दर्भमा पत्रकारमार्फत जनतालाई आफ्नो पक्ष प्रस्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया