काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २१ पैसा र बिक्रीदर १३७ रुपियाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ३१ पैसा र बिक्रीदर १६० रुपियाँ , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ८६ पैसा र बिक्रीदर १८४ रुपियाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ एक पैसा र बिक्रीदर १७१ रुपियाँ ७६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४५ पैसा र बिक्रीदर ८९ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९४ पैसा र बिक्रीदर १०० रुपियाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ७८ पैसा र बिक्रीदर १०७ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५८ पैसा र बिक्रीदर ३६ रुपियाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा कायम भएको छ ।

advertisement

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७ रुपियाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २३ पैसा र बिक्रीदर ३२ रुपियाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ८७ पैसा र बिक्रीदर नौ रुपियाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ सात पैसा र बिक्रीदर १४ रुपियाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३५ पैसा र बिक्रीदर २१ रुपियाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४८ पैसा र बिक्रीदर १७ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ७५ पैसा र बिक्रीदर ४५० रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपियाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ३८ पैसा र बिक्रीदर ३५७ रुपियाँ ९३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com