एजेन्सी । इजरायलले मंगलबार गरेको दुई छुट्टाछुट्टै हमलामा गाजामा कम्तीमा २८ जनाको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले जनाएका छन् ।
मध्य गाजाको देइर अल–बलाह सहरको पश्चिमी भागमा अवस्थित शाती शरणार्थी शिविरमा आश्रय लिइरहेका सर्वसाधारणमाथि भएको आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको पश्चिममा रहेको अल–सती शिविरमा इजरायलले गरेको अर्को आक्रमणमा पनि कम्तीमा १३ जनाको मृत्यु भएको बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार उक्त हमलामा कम्तीमा १ सय १८ जना घाइते भएका छन् । तर इजरायली सेनाले भने हमलाका बारेमा ‘कुनै जानकारी नभएको’ बताएको छ ।
२२ महिनादेखि चलिरहेको युद्धमा इजरायलले नयाँ क्षेत्रमा आक्रमण गरेको बताइएको छ, जुन क्षेत्रमा यसअघि इजरायल–हमास युद्धको प्रभाव थिएन । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय ९ओसीएचए० ले यस क्षेत्रमा ५० हजारदेखि ८० हजार मानिस बसोबास गर्ने अनुमान गरेको छ । इजरायल–हमास युद्ध चर्केपछि पछिल्लो समय यस क्षेत्रमा झन्डै ३० हजारको संख्यामा विस्थापितहरू आएर आश्रय लिएर बसेका छन् ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया