काठमाडौं ।  युरोपेली युनियन र अमेरिका व्यापार सम्झौताका लागि तयार भएका छन्। संसारका दुई ठुला व्यापारिक साझेदार लामो समयको तनावपछि सहमतिको नजिक पुगेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लियनबीच स्कटल्यान्डमा भएको भेटपछि दुवै देश सहमतिमा पुगेका हुन्। सहमति अनुसार अमेरिका जाने युरोपेली युनियनको सामानमा १५ प्रतिशत कर लाग्ने छ।

advertisement

यसअघि ट्रम्पले ३० प्रतिशत करको घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पले २७ देशका ब्लकका कुनै सामानमा भने अमेरिका प्रवेशमा कर नलाग्ने बताएका छन्।

सुरुमा धेरै करको घोषणा गरेका ट्रम्पले बेलायत, जापान, इन्डोनेसिया, फिलिपिन्स र भियतनामसँग वार्ता गर्दै सहमति कायम गरेका हुन।

पाँच दिनको स्कटल्यान्ड भ्रमणमा पुगेका ट्रम्पले त्यहीबाट सहमतिको घोषणा गरेका हुन्।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com