काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्धविराम गर्न १० देखि १२ दिनको नयाँ ‘डेट लाइन’ दिएका छन्। राष्ट्रपति ट्रम्पले शान्तिका लागि गरिएका प्रयास खेर गइरहेको तथा समय त्यत्तिकै बितिरहेको समयमा धेरै कुर्नु आवश्यक नरहेको बताएका हुन्।

दुई साता अघि राष्ट्रपति ट्रम्पले रुसलाई युक्रेनसँगको युद्ध विरामका लागि ५० दिनको समय दिँदै नयाँ प्रतिबन्धको चेतावनी पनि दिएका थिए। स्कटल्यान्डमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सोमबार या मङ्गलबार नयाँ कर तथा प्रतिबन्धको बारे पनि घोषणा गर्ने बताए।

यसअघि जुलाई महिनामा ट्रम्पले रुससँग कारोबार गर्ने कुनै पनि देशको सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। यसले अमेरिकाका अन्य सामानको तुलनामा ती सामान महँगो हुने तथा रुस र त्यस देशसँग कारोबार गर्ने देशको सामान बिक्री हुन छाड्ने छन्।

स्कटल्यान्डमा बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको छोटो वार्तामा ट्रम्पले रुसले युक्रेनमा आक्रमण जारी राखेकोमा आफ्नो असन्तुष्टि रहेको बताए।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com