काठमाडौं । रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्दै यो निर्णय १ अगस्टदेखि लागु हुने बताए।

उनले यसरी कर लगाइएका मित्र राष्ट्र मध्य भारतमा सबै भन्दा धेरै भएको बताएका छन्। सबैले युक्रेनमा मान्छे मर्नेक्रम रोकिएको हेर्न चाहिरहेको समयमा रुससँग भारतले हतियार खरिद गरेकोमा अमेरिकाले भारतप्रति आपत्ति जनाएको हो।

advertisement

भारतले भने गत वर्ष भएको दुई देशको सन्तुलित व्यापार सम्झौतामा आफू अडिग रहेको जनाएको छ। गएको अप्रिल महिनामा ट्रम्पले भारतीय सामानमा २७ प्रतिशत करको घोषणा गरेका थिए। त्यो निर्णयपछि स्थगित भएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसरी कर लगाइएका देशलाई वार्ताका लागि शुक्रबार अन्तिम डेट लाइन तोकेका छन्। भारतीय सरकारकाले ट्रम्पको घोषणाको कार्यान्वयनको बाटोलाई हेरेर मात्र प्रक्रिया दिने जनाएको छ। भारतले इन्टरप्रेनर, किसान तथा साना व्यापारीको सुविधालाई बढी प्राथमिकता दिने बताएको छ।

 

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com