काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हावादारी कुरा गर्ने नेता भनेर आरोप लगाएका छन्। उनले एमालेका सबै नेताहरू अन्ततः आफूहरूको पार्टीमा समाहित हुने दाबी गरेका छन्।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई आफ्नै पार्टीमा समावेश गर्ने कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले कम्युनिष्ट ध्रुवीकरण तीव्र गतिमा अघि बढिरहेको बताए।

advertisement

उनका अनुसार, ‘हालसम्म १२ वटा समूह एउटै प्लेटफर्ममा आइसकेका छन्। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।’

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वाम घटक मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ पार्टी गठन गरिएको थियो। दाहाल र माधवकुमार नेपाल उक्त पार्टीका संयोजक रहेका छन्।

 

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com