काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठलगायत केही नेताहरूले पार्टी छाडेर नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेका छन्।
श्रेष्ठसँगै रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजुलगायत नेताहरूले जसपा छाडेर नेकपासँग एकता गर्ने निर्णय गरेका हुन्।
जसपा र नेकपाबीच एकता गर्ने गरी छलफल गरिएको भए पनि पार्टीमा सहमति नजुटेपछि उनीहरूले पार्टी छाडेर एकतामा जाने निर्णय लिएका हुन्।
जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणले २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धि पनि जोखिममा परेको दाबी गर्दै उनीहरूले समान विचारका अग्रगामी, परिवर्तनवादी शक्तिहरूसँग एकीकृत भएर ध्रुवीकरणको परिस्थितिमा दृढ रूपमा उभिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया