एजेन्सी । युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधानहरू ‘असंवैधानिक’ रहेको रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले बताएका छन् ।

शान्ति योजनाका बारेमा धेरै अनुमान तथा प्रयासहरु भएता पनि रूसले संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त शान्ति योजना र जानकारीलाई मात्र विश्वास गर्ने उनले बताएका छन् ।

advertisement

यसै क्रममा अलास्कामा छलफल गरिएका योजनाका अधिकाशं प्रावधानहरू मस्कोका लागि स्वीकार्य रहेको उशाकोभले जनाएका छन् ।

रूसी मिडियाका अनुसार, ‘युरोपेली योजना’ ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको २८–बुदे शान्ति योजनामा धेरै संशोधन प्रस्तावहरु छन् । जसमा युक्रेनी सशस्त्र सेना वा रक्षा उद्योगको आकारमा कुनै प्रतिबन्ध नलगाउनु भनी उल्लेख गरिएको छ । यद्यपि अमेरिकी प्रस्तावमा युक्रेनी सशस्त्र सेनाको आकार सानो बनाई छ लाखमा सिमित गर्नु पर्ने सर्त रहेको जनाइएको छ ।

आइतबार जेनेभामा आयोजित संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली सङ्घ (इयु) का प्रतिनिधिहरू बीचको परामर्श पछि प्रारम्भिक मस्यौदा योजना २८ बुँदाबाट घटेर १९ बुँदामा झरेको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

उसाकोभले शान्ति योजनाको विवरणबारे छलफल गर्न अमेरिकाले चाँडै रूससँग सम्पर्क गर्ने पनि बताएका छन् । यद्यपि विशेष व्यवस्था भने अझै निर्धारण हुन सकेको छैन ।

 

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com