काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अशोक शेरचनसहित उच्च तहका तीन जना कर्मचारीलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ।
सोमबार जिल्ला अदालत काठमाडौंबाट अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
आइतबार अनामनगरस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयबाट सीआईबीको टोलीले सीईओ शेरचन, डीसीओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ पक्राउ गरेको थियो ।
तर, प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त भने फरार छिन्। उनको खोजी भईरहेको प्रहरी स्रोतले जनाएको छ।
सीआईबी स्रोतका अनुसार बैंकका चिफ बिजनेश अफिसर रश्मी पन्त र सीईओ अफिसका कर्मचारी दिनेश डंगोल पनि प्रत्यक्ष अनुसन्धानको दायरमा रहेका छन् । उनीहरू दुबै केही दिनयता सम्पर्कविहीन छन् ।
प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार













प्रतिक्रिया