काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मुल्य तोलामा ३०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई लाख ५३ हजार ३०० कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० कायम भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ३५३५ रुपैयाँ कायम भएको चाँदीकाे मुल्य आज ३५४५ रुपैयाँ कायम भएकाे महासङ्घले जनाएकाे छ ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया