काठमाडौं । लायन्स क्लब अफ काठमाडौं रञ्जना, रञ्जना सिस्टर्स र रञ्जना ब्रदर्शले संयुक्त रूपमा राजधानीको न्युरोडस्थित रञ्जना कम्प्लेक्समा निःशुल्क मधुमेह, रक्तचाप परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न गरेका छन्। करुणा अस्पताल, बुढानिलकण्ठको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा व्यापारी, ग्राहक तथा स्थानीय समुदायका १०५ जनाले स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रञ्जनाका अध्यक्ष लायन मुकुन्द अग्रवाल, लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्सकी अध्यक्ष लायन सुनकेश्रा जङ्गम भुषण, लायन्स क्लब अफ काठमाडौं रञ्जना ब्रदर्शका चार्टर्ड प्रेसिडेन्ट लायन हरिकृष्ण दाहाल तथा तिनै क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
लायन्स क्लब इन्टरनेशनलको वार्षिक क्यालेन्डरअनुसार प्रत्येक वर्ष नोभेम्बर महिनामा स्वास्थ्य–केन्द्रित सामुदायिक सेवाको निरन्तरता अनुरुप नोभेम्बर ३० मा यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि क्याबिनेट ट्रेजरर लायन महेन्द्र कुमार राठी रहेका थिए। साथै डिस्ट्रीक्ट चिफ एडभाइजर लायन विष्णु प्रसाद भण्डारी, एरिया कोअर्डिनेटर लायन पूर्ण बहादुर कार्की, डिस्ट्रीक्ट एक्जिक्युटिभ कोअर्डिनेटर लायन राम कुमार तिमल्सिना र मधुमेह सचेतना तथा परामर्श डिस्ट्रीक्ट कोअर्डिनेटर लायन जीवन महर्जनको सक्रिय उपस्थिति थियो।
सन २०१५/१६ मा रञ्जना ट्रेड सेन्टरका युवाहरूको पहलमा स्थापना भएको लायन्स क्लब अफ काठमाडौं रञ्जना हालसम्म आई–डिस्ट्रीक्टका उत्कृष्ट क्लबमध्ये एक मानिन्छ। यस क्लबले लायन्स क्लब अफ काठमाडौं इलेभेट, काठमाडौं रञ्जना सिस्टर्स र काठमाडौं रञ्जना ब्रदर्शलाई मातृ संस्था (प्यारन्ट क्लब) का रूपमा मार्गदर्शन गर्दै आएको छ। समुदायमुखी मानव सेवा र सामाजिक उत्तरदायित्वका कार्यहरूमार्फत रञ्जना क्लब देशकै प्रभावशाली क्लबहरूमध्ये एकका रूपमा स्थापित भएको छ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया