काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार













प्रतिक्रिया