काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कहाँ बसेर कुन माध्यमबाट प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवारलाई टिकट बाँडिदैछ भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
सोमबार डा. कोइरालाको सचिवालयले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापासँग मिलेर जाने भन्ने विषयमा अहिलेसम्म कुनै कुराकानी नभएको बताएको छ ।
‘आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै पनि माध्यमबाट डा शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको छैन,’ डा. कोइरालाको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सचिवालयमा देशैभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागे पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले यसबारे कुनै छलफल नगरेको र सम्पर्क पनि नगरेको कोइरालाको सचिवालयले बताएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार












प्रतिक्रिया