काठमाडौं । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।

सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार बनाएको हो । शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी कांग्रेस कैलालीका पूर्वसभापति पनि हुन्

advertisement

साे क्षेत्रमा उनीसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए । पूर्वमन्त्री समेत रहेकी राणाले भने टिकट पाइनन् ।

सिफारिसमा परेका पन्त विघटित प्रतिनिधिसभाका सदस्य हुन् । उनी गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

ओड कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी स्थानीय तह निर्वाचन २०७४ मा धनगढी उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए ।

 

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com