काठमाडौँ । सञ्चारकर्मी ऋषि धमलाले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। उनी रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट चुनाव लड्ने भएका हुन्।

ऋषि धमलाको उम्मेदवारीबारे जानकारी उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। गौतम आम जनता पार्टीकी उपाध्यक्षसमेत हुन् र केही समयअघि मात्र पार्टीमा प्रवेश गरेकी थिइन्।

advertisement

सामाजिक सञ्जालमा लेख्दै गौतमले पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने धमलाको निर्णयलाई जीवनको ठूलो र नयाँ मोडको रूपमा उल्लेख गरेकी छन्। वर्षौँदेखि पत्रकारितामार्फत सत्यका पक्षमा आवाज उठाउँदै आएका धमलाले अब जनताको सेवाका लागि राजनीति रोजेको उनले उल्लेख गरेकी छन्। पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गर्नु सजिलो निर्णय नभए पनि धमलाको अनुभव, बौद्धिक क्षमता र सत्यप्रतिको अडानले नयाँ यात्रामा सफल बनाउने विश्वास व्यक्त गरेकी छन्।

उनले आम जनता पार्टीको तर्फबाट ‘मोबाइल’ चुनाव चिह्न लिएर रौतहट–४ मा उम्मेदवारी मनोनयनका लागि जाँदा आफू सधैंझैं धमलाको साथमा रहेको पनि बताएकी छन्। यो यात्रा पदका लागि मात्र नभई जनताको सेवाका लागि भएको उनको भनाइ छ।

ऋषि धमला तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनी रिपोर्टर्स क्लब नेपालका अध्यक्ष हुन् भने हाल प्राइम टेलिभिजनमा आबद्ध छन्।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com