म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले म्याग्दी पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गरेका हुन् ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि उनी म्याग्दी पुगेका थिए भने त्यहीँबाट राजीनामा पत्र प्रधानमन्त्रीसमक्ष पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको र उनले सम्हालेको मन्त्रालय राष्ट्रपतिले स्वयं प्रधानमन्त्रीलाई नै जिम्मेवारी तोकेका छन् ।

advertisement

लामो समय सामाजिक अभियान र प्रविधि विकाससँग जोडिँदै आएका पुनले यसपटक संसदीय राजनीतिमा प्रत्यक्ष सहभागिता जनाउने निर्णयसहित म्याग्दीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com