झापा । पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

उनले अर्जुनधारा नगरपालिकास्थित निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए।

घिमिरेका प्रस्तावकमा चिन्तन पाठक र समर्थकमा एकराज कार्की रहेका छन्।

advertisement

यसैगरी, पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रबाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

उनले अर्जुनधारा नगरपालिकास्थित निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com