काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। अदालतले आजको सुनुवाइपछि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
उक्त सुनुवाइ सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा भएको थियो। यस विषयमा अन्य जिल्लाहरूमा लामिछानेविरुद्ध दायर सहकारी मुद्दाहरूको सुनुवाइ पहिले नै अगाडि बढिसकेको भए पनि पर्सा जिल्लामा सुनुवाइ ढिला भएको थियो।
न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय गरेको हो। लामिछाने आजै अदालतमा उपस्थित थिए। अदालतबाट रिहा भएपछि उनी चितवनमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न गएका छन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया