कैलाली । नेपाली काङ्ग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधिसभा निर्वाचनको टिकट नदिएपछि कञ्चनपुरमा पार्टी नेतृत्वविरुद्ध विरोध प्रदर्शन भएको छ ।
लेखक निकट नेता–कार्यकर्ताहरूले काङ्ग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला दहन गरेका छन् ।
दोधरा–चाँदनी क्षेत्रमा गरिएको विरोध कार्यक्रममा टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पुत्ला दहन गरिएको हो ।
अघिल्लो निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी हुँदै रमेश लेखक गृहमन्त्रीसमेत बनेका थिए ।
यसपटक भने काङ्ग्रेसले उक्त क्षेत्रमा रमेश लेखकलाई टिकट नदिई हरि बोहरालाई उम्मेदवार बनाएको छ ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया