काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का ६५ वर्षीय डोलाज कोइराला र कैलाली टिकापुर नगरपालिका–७ का ३५ वर्षीय राजकुमार चौधरी रहेका छन्।

advertisement

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार करिब २ बजे वालिङबाट डुंगाल लिई चापाकोटतर्फ जाँदै गरेको लु ३ त ५७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब १० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा घाइते हुनेमा ट्याक्टर चालक नवलपरासी सुस्ता गाउँपालिका–१ का २८ वर्षीय लाल बहादुर सुनार, कैलाली लम्कीचुहा नगरपालिका–५ का २२ वर्षीय श्याम चौधरी, ३१ वर्षीय लक्ष्मण चौधरी र डडेलधुरा अमरगढी नगरपालिका–५ का ३५ वर्षीय हुकुम बहादुर दलामी रहेका छन्। सबैको अवस्था सामान्य रहेको र थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com