काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर-५ मा आफ्नो मुख्य प्रतिस्पर्धी नरहेको टिप्पणी गरेका छन्।

मंगलबार झापा-५ मा प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेको खास प्रतिस्पर्धी नरहेको र बाँकी ‘हा, हुँ’ भएको टिप्पणी गरेका हुन्।

advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा-५ मा उम्मेदवारी दिएका पार्टीका वरिष्ठ नेता बालेन शाहको र्‍यालीमा देखिएको भीडबारे भने उनले अनविज्ञता प्रकट गरे।

मनोनयन दर्ताका क्रममा बालेनको समर्थनमा ठूलो जनलहर देखिएको भन्दै सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले व्यंग्यात्मक शैलीमा जवाफ दिए। उनले भने, ‘खै ! मैले त त्यस्तो भीड देखेको छैन, केही मान्छे जम्मा भए होलान्।’

झापा–५ मा एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न यसपटक बालेन शाह चुनावी मैदानमा उत्रिएपछि त्यहाँको चुनावी माहोल तातिएको छ।

बालेनको उम्मेदवारी दर्ताका क्रममा समर्थकहरूको बाक्लो उपस्थिति देखिए पनि ओलीले भने त्यसलाई महत्त्व नदिई आफ्नो जित सुनिश्चित रहेको दाबी गरे।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com