काठमाडौँ । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि प्रस्ताव गरेका तीन अध्यादेश अघि बढाउन आवश्यक सहयोग नपाएपछि आफू म्याग्दीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेको बताएका छन्

चुनावी प्रतिस्पर्धामा उत्रिएका पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देशको समृद्धि सम्भव नरहेको दाबी गरे। उनका अनुसार राष्ट्रपति कार्यालय र संसद्को विधायन समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश तथा चार नियमावली स्वीकृत गरेको भए यसपटक निर्वाचन नलड्ने निर्णयमै रहने थिए।

advertisement

“शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै देशलाई अगाडि बढाउने लक्ष्य थियो, तर तीनवटै अध्यादेश ल्याउन आवश्यक सहयोग प्राप्त भएन,” पुनले बुधबार सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै र शक्तिशाली मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको बताए। तर उक्त प्रस्ताव मुख्य सचिव तहबाटै रोकिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। “छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने विषय अल्झाइयो। त्यसपछि आक्रोश बढ्यो र म्याग्दीतिर लागेँ,” पुनले भने।

यसपछि शिक्षामन्त्री पदबाट राजीनामा दिएर म्याग्दी पुगेर प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए। अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी अभियान अघि बढाउने पुनको भनाइ छ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com