काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीले केही निर्वाचन क्षेत्रमा गठबन्धन गर्ने भएका छन् । एमालेका महासचिव शंकर पोखरेल र माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच तालमेलको सहमति भएको हो ।

सहमति अनुसार एमाले महासचिव पोखरेलको क्षेत्र दाङ-२ र माओवादी प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ उम्मेदवार रहेको कालीकोटमा चुनाबी गठबन्धन हुनेछ । यही सहमतिअनुसार दाङ २ मा माओवादीले आफ्नो उम्मेदवार उठाएको छैन ।

advertisement

एमालेले कालीकोटमा नगीन्द्र शाहीलाई उम्मेदवार बनाएको छ । तर, सहमतिपछि एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अनुमान गरिएको छ । त्यहाँ एमालेले प्रकाण्डलाई समर्थन गर्ने सहमति भएको छ

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com